महेन्द्रनगरमा वडाअध्यक्षको फोटो टासेर सडक बन्द

कञ्चनपुर – कञ्चनपुरस्थीत महेन्द्रनगरको मदनचोक बन्द गरिएको छ । स्थानीय व्यापारीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका छन् । महेन्द्रनगरको बजार क्षेत्रका अन्य सडकको निर्माण करिव पूरा भएपनि नगरको मुख्यचोक अलपत्र पारेको भन्दै बाटो बन्द गरेको उनीहरुले बताएका छन् ।

maya metro hospital

चोक अलपत्र बनेपछि पानी जम्ने, ढुंगा उछिट्टिने र ढुंगा उछिट्टिएर व्यापारीका सटरहरुमा लाग्ने समस्या हुने गरेको भूवन जोशीले बताए । त्यसपछि आफूहरुले बसपार्कतर्फ जाने बाटो बन्द गरिदिएको उनले बताए । आक्रोशित व्यापारीले बन्दको अवज्ञा गर्ने केही मोटरसाइकल चालकमाथि हातपात पनि गरेका छन् ।

joshi vada pasal 2

भीमदत्त नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष सुशिल भट्टले सडकका ढुंगा हटाउन गरेको अनुरोधको वास्ता नगरेपछि सडक नै बन्द गर्न बाध्य हुनुपरेको व्यापारीहरुको भनाई रहेको बताए । व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा वडाअध्यक्ष भट्टको फोटो टाँसेका छन् । सडकमा पानी जम्ने र ढुंगा उछिट्टिने समस्या समाधान नभएसम्म बाटो बन्द रहने व्यापारीले बताएका छन् ।

एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ ।

सडक निर्माणमा अवरोध बनेका भीमदत्त नगर विकास समितिको स्वामित्वका २२ सटर भत्काउन नगरपालिकाले आनाकानी गरेपछि एडिबीले मदनचोकलाई छोडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.