दोधरा चाँदनी झोलुङ्गे पुलबाट नदीमा हाम फालेर एक जना बेपत्ता

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति महाकाली नदीमा रहेको दोधरा चाँदनी झोलुङ्गे पुलबाट नदीमा हाम फालेका थिए । उनको अवस्था अज्ञात छ ।

maya metro hospital

के कारण उनले नदीमा हाम फाले भन्ने अहिलेसम्म खुलेको छैन । भट्टको खोजी कार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतको उद्धार टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.