गौरा पर्वलाई लक्षित गरी गोदावरीमा रहेका २ मन्दिरमा सरसफाइ

अत्तरिया – सुदुरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वलाई लक्षित गरी कैलालीको गोदावरी नगरपालिका भित्र रहेका २ मन्दिरमा सरसफाइ गरिएको छ ।

maya metro hospital

शनिबार साँझ बैतडी दार्चुला एकता समाज गेटाको आयोजनामा गेटामा रहेको सरस्वती स्कुल अगाडी रहेको मन्दिर र गोदावरी – ५ वडा कार्यालय नजिकै रहेको ग्वासी समैजी मन्दिर वरिपरि सरसफाइ तथा वृक्षारोपण गरिएको हो ।

joshi vada pasal 2

गौरा पर्वको अवसरमा पुजापाठ र मेला आयोजना हुने उक्त मन्दिरहरुमा सरसफाइ तथा वृक्षारोपण गरिएको बैतडी दार्चुला एकता समाज गेटाका सचिव अमर बहादुर बिष्टले बताएका छन । उनले वृक्षारोपण कार्यक्रम अन्तरगत दुुवै मन्दिरमा १२० विरुवा रोपिएको बताए ।

वृक्षारोपणका लागि रेन्जपोस्ट कंचनपुर र गोदावरी एग्रो एन्ड म्यानेजमेन्ट प्रालिका सन्चालक किरण शाह विरुवा उपलब्ध गराएका थिए ।

वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा गेटा युवा क्लवका युवा तथा स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.