कैलालीको बुढितोलामा १ हजार विरुवा रोपिए

अत्तरिया – कैलालीको बुढितोला स्थित फोक्से डाँडामा रहेको सेती सामुदायिक वनमा करिब १ हजार विरुवा रोपिएका छन । शनिबार गोदावरी नगरपालिका –४ मा पर्ने उक्त स्थानमा प्लानेट ग्रिन नेपाल र सेती सामुदायिक वनको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

maya metro hospital

वृज्ञारोपण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी कैलाली, प्लानेट मन्टेश्वरी, लाइन्स क्लव अफ अत्ररिया सिटी, एभरेष्ट एकेडेमी, थ्रिडिभिएल क्रियसनको सहयोग रहेको थियो भने बालग्रिस ट्रेडिङले व्यवस्थापन गरेको थियो ।

वृक्षारोपण कार्यक्रममा अभिनेत्री तथा एलिजा फाउन्डेसनकी अध्यक्ष एलिजा गौतमको पनि सहभागिता रहेको थियो ।

attariya hospital

बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्धन गर्ने हेतुले सामुदायिक वनमा वृक्षारोपण गरिएको प्लानेट ग्रिन नेपालका अध्यक्ष पुष्कर जोशिले बताए । उनले प्लानेट ग्रिन नेपालको हरियाली गोदावरी अभियान अन्तर्गत लामो समयदेखि यस क्षेत्रका बिभिन्न ठाउमा बिरुवा रोपेको र गोदावरीलाई हरियाली गोदावरी बनाउने लक्ष्य रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.