नेविसंघद्धारा सेभ हाउसलाई खाद्यान्न सहयोग

अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) दुर्गालक्ष्मी ईकाई कमिटिले सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको हो ।

maya metro hospital

शनिबार महामानव बीपी कोईरालाको ४१औ स्मृति दिवसका अवसरमा सेभ हाउसमा आश्रित रहेका महिला तथा बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरिएको नेविसंघका ईकाई सभापति देवराज ओझाले जानकारी दिए । उनले सेभ हाउसलाई करिब ७ हजार बराबरका खाद्यान्न सहयोग गरिएको बताए ।

joshi vada pasal 2

सहयोग कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, गोदावरी नगर सभापति विर बहादुर चोखाल, पद्मा अस्पताल प्रा.लि. का प्रबन्ध निर्देशक डाक्टर नर बहादुर मौनी, नेपाल विद्यार्थी संघका कैलाली जिल्ला सभापति मनिस कूँवर लगायतको सहभागीता रहेको थियो । यसैबिच खाद्यान्न वितरण पश्चात सहभागीहरुले बालबालिकाहरुका लागि नगद ४ हजार ५ सय रुपैया सेभ हाउसलाई प्रदान गरेका थिए ।

सेभ हाउसमा आश्रित बालबालिकाहरुको परिक्षाका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गरिएको नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकायाले बताए । उनले परिक्षाका लागी आवश्यक सामग्रीहरुको अभाव रहेको र खरिद गर्न नसकिने अवस्था रहेको भन्ने थाहा पाएपछि खाद्यान्न वितरण कार्यक्रममा सहभागी केही व्यक्तिहरुले नगद सहयोग गरेको बताए ।

क्षेत्रिय सभापति रोकाया, नगर सभापति चोखाल, नेविसंघ नेता कुवेर खड्का र अमिर खड्काले १/१ हजार सहयोग गरेका थिए भने नेविसंघका जिल्ला सभापति मनिस कुँवरले ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.