अवरुद्ध राजमार्ग सूचारु

बैतडी – शनिबार बिहानै देखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ । पहिरोेले अवरुद्ध भएको बैतडी –बझाङ जोड्ने राजमार्ग अहिले खुलेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ढोल्यामोडमा माथिबाट रुख सहितको पहिरो खसेर बिहान देखि राजमार्ग अवरुद्ध थियो ।

maya metro hospital

पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्त प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

joshi vada pasal 2

राजमार्ग खुलेसंगै रोकिएका सवारीसाधन आआफ्नो गन्तव्यतिर लागेका उनले बताए । बैतडी –बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा बर्षातको समयमा जोखिम छ ।

यो राजमार्गको ठाउँठाउँमा खस्ने पहिरोले बेलाबेला सडक अवरुद्ध हुने भएकाले यात्रुहरुलाई सास्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.