कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते

धनगढी – कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन । कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाईते भएका हुन ।

maya metro hospital

गोदावरी नगरपालिका–५ का २७ वर्षीय अमृत रानाले चलाएको से ७ प २९५३ नम्बरको मोटरसाइकल र कैलारी गाउँपालिका–३ का सन्जु चौधरीले चलाएको से ६ प २८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

joshi vada pasal 2

दुर्घटनामा गोदावरी नगरपालिका–५ का राना सामान्य घाईते भएका छन् । यस्तै त्यस्तै अर्का चालक कैलारी गाउँपालिका–३ का चौधरीलाई बढी चोट लागेको छ । चौधरीको बाइक पछाडि सवार दुई जना पनि सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.