नदी नियन्त्रणको माग गर्दै वडा कार्यालयमा ताला

धनगढी – डुबान र कटानको जोखिममा हुँदा पनि वडाले वेवास्ता रहेको भन्दै कैलालीको घोडाघोडी नगरपालिका– ७ मा तालाबन्दी गरिएको छ । वडा नम्बर ७ को कीर्तिपुरका ५० परिवारले डुबान र कटानको ठूलो जोखिममा रहेको जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएपछि वडामा तालाबन्दी गरेका हुन ।

maya metro hospital

कन्द्रा र डोडा नदीको संगमस्थलमा रहेको सो क्षेत्र उच्च जोखिममा छन । सामान्य पानी पर्दा पनि नदीमा बहाव बढ्ने र पानी बस्तीमा पस्ने समस्याले आजित स्थानीय गत वर्ष जस्तै यस वर्ष पनि विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

joshi vada pasal 2

वडाले भने यस बिषयमा कुनै चासो नदीएपछि आन्दोलित हुनुपरेको वडा नम्बर ७ का पूर्वअध्यक्ष धनबहादुर बमले बताए । उनले नदी नियन्त्रणको पहल नगर्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

‘हामीलाई बढीले बगाएपछि वा मरेपछि मात्रै सरकारले चासो दिने हो ? अहिले के हाम्रो जनधनको सुरक्षा गर्न राज्यको दायित्व होइन’, उनले भने ‘सरकारलाई उत्तरदायी बनाउन हामीले तालाबन्दी गरेका हौं । सरकार गम्भीर नहुँदासम्म ताला खुल्दैन ।’ वडा कार्यकालमा तालाबन्दी गर्न नदी कटानको जोखिममा रहेका सयौं नागरिकहरू पुगेका थिए । अघिल्लो वर्ष नदी उर्लेर बस्तीमा पसेपछि मध्यरातमा उद्धार गरिएको सम्झँदै स्थानीय भुली सार्कीले यस बर्ष पनि सोही नियती दोहरीने हो की भन्ने चिन्तामा आफूहरु रहेको बताइन ।

‘अघिल्लो वर्ष राति २ बजे बच्चा र सुत्केरी महिला लिएर उच्चो ठाउँमा गएर बसेका थियौं । अहिले पनि फेरि राति राति कहाँ भाग्नु पर्ने हो भन्ने चिन्ताले राम्ररी सुत्न सकेका छैनौं’, उनले सुनाइन् ।

२०६४ सालदेखि यहाँ कन्द्रा र डोडा नदीले खेतीयोग्य जग्गा कटान गर्दै आएका छन् । अहिलेसम्म सयौं बिगा कटान गरिसकेको स्थानीय प्रदीप चौधरीले बताए ।स्थानीयले केही वर्षअघि सम्म खेती गर्दै आएको जग्गा अहिले गौचरमा परिणत भएको छ । नदीले कटान नगरेका जग्गामा पनि अहिले खेती हुन छोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.