इप्रका मालाखेतीद्धारा फरार २ प्रतिवादी पक्राउ

अत्तरिया – इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका) ले फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले वन मुद्दा र लागु औषध मुद्दामा जिल्ला अदालत कैलालीबाट कैद र जरिवाना तोकिएका २ जनालाई पक्राउ गरेको हो ।

maya metro hospital

सोमबार वन मुद्दामा जिल्ला अदालत कैलालीबाट ७ हजार ३५० जरिवाना तोकिएका गोदावरी नगरपालिका – ४ का भागिराम चौधरी पक्राउ परेका छन । उनलाई अदालतले २०६५ भाद्र १८ गते जरिवाना तोकेको थियो ।

joshi vada pasal 2

त्यस्तै लागु औषध मुद्दाका प्रतिवादी कैलालीको चुरे गाउँपालिका – ५ का पुर्ण बहादुर धामी पक्राउ परेका छन । उनलाई जिल्ला अदालत कैलालीले २०७५ मंसिर २० गते १ महिना कैद र २ हजार जरिवाना फैसला गरेको थियो ।

दुवै जनालाई इप्रका मालाखेतीबाट सादा पोषाकमा खटिईएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी गणेश बरालले बताएका छन । पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.