सुनचाँदी आभुषण व्यवसायी संघ गोदावरीको तदर्थ समिति गठन

अत्तरिया – सुनचाँदी आभुषण व्यवसायी संघ गोदावरीको तदर्थ समिति गठन गरिएको छ । शनिबार बसेको अत्तरियाका सुनचाँदी व्यवसायीहरुको भेलाले जनक खनालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

maya metro hospital

तदर्थ समितिको उपाध्यक्षमा सुरेन्द्र लामिछाने चयन भएका छन भने सचिवमा रामचन्द्र बराल र कोषाध्यक्षमा समिर सिँजापति चयन भएका छन । यसैगरी समितिको सहसचिवमा हिमाल रसायली तथा सहकोषाध्यक्षमा मिलन गहतराज चयन भएका छन । भेलाले ३ जनालाई सदस्यमा चयन गरेको छ ।

joshi vada pasal 2

सदस्यहरुमा राजेश विश्वकर्मा, यकेन्द्र रसाईली र चेतराज बोहरा चयन भएका छन । गोदावरी नगरक्षेत्रका आभुषण व्यवसायीहरुलाई एकतावद्ध गर्न र व्यवसायीहरुका हकहितका बारेमा आवाज उठाउन समिति गठन गरिएको बताईएको छ । सुनचाँदी आभुषण व्यवसायी संघ कैलालीको उपशाखाका रुपमा अत्तरियामा तदर्थ समिति गठन गरिएको अध्यक्ष खनालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.