कञ्चनपुरमा कान च्यातेर गहना र नगद लुट्ने लुटेरा पक्राउ

महेन्द्रनगर – कञ्चनपुरमा महिलाको कान च्यातेर गहना र नगद लुट्ने लुटेरालाई पक्राउ गरिएको छ ।

maya metro hospital

जिल्लाको बेलडाडी गाउँपालिका –५ बरमेली टोल बस्ने मिना राना मगरको घरमा गएर कानका गहना र नगद लुट्ने सोही गाउँपालिका– ३ का रामबहादुर रानालाई पक्राउ गरिएको हो ।

joshi vada pasal 2

शुक्रबार राति गहना र नगद ५० हजार चोरेर भाग्दै गरेका उनलाई स्थानियले घेरा हालेर पक्राउ गरेको प्रहरीले जनाएको छ । रानालाई समातेर स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्डाडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.