चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालन

अत्तरिया – चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको बलाँचबाट सुरु भई अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ ।

maya metro hospital

नेपाल विद्युत प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गरेर सो सर्किट सञ्चालनमा आएको जनाएको छ । २०७३ बाट ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा थियो ।

joshi vada pasal 2

नेपाल सरकारको करिब ६० करोड रुपियाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादित विद्युत अत्तरियासम्म ल्याउने प्रमुख मेरुदण्डका रुपमा सो प्रसारण लाइनले काम गर्नेछ ।

सो प्रसारण लाइनले २५० मेगावाटसम्म विद्युत् राष्ट्रिय ग्रिडमा पुगाउन सक्नेछ । चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरुको करिब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाहरुको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.