डोटीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

डोटी – डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए ।

maya metro hospital

बिहिबार दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जानकारी दिए । चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका छ वटा बाख्रा मरेका छन् ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.