अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बालअधिकार समितिको बैठक बसेको छ । बिहिबार वल्डभिजन ईन्टरनेशनल नेपाल र राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को आयोजना तथा महिला बिकास शाखाको सहजिकरणमा बैठक बसेको हो ।

नगर उपप्रमुख द्रोपती रानाको अध्यक्षतामा बसेको बैठकले २ वटा विषयमा छलफल गरेको परियोजना बाल संरक्षण अधिकृत गणेश भुल ले बताए । उनका अनुसार बैठकले बाल बालिकाको रणनीतिक योजनालाई अन्तिम रुप दिई कार्यपालिकामा पठाउने र वडा स्तरिय बाल क्लब गठन गर्ने विषयमा निर्णय गरेको छ ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र राष्ट्रिय समाज कल्याण संघ को साझेदारीमा संचालन भईरहेको बाल संरक्षण तथा स्पोन्सरसीप परियोजना अन्तरगत नगरपालिकाको बाल संरक्षणका लागि चार बर्से रणनितिक योजना निमार्ण कार्यमा सहयोग गरिएको उनले बताए ।

अन्तिममा यो रणनितिक कार्ययोजना कार्यान्वयन गर्न सबैले पहल चाल्नुपर्ने निर्णय भएको उनले बताए । बैठकमा कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख र अन्य सरोकारवाला तथा बाल क्लबका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
