अत्तरिया उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन । बिहिबार अधिवत्ता विर बहादुर जेठाराले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

maya metro hospital

सुदूरपश्चिमकी प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै देवकोटाले संस्थाको विकास र हितका लागि निर्वाचित सम्पुर्ण कार्यसमितिले एकजुट भएर काम गर्नुपर्ने बताईन ।

joshi vada pasal 2

उनले नयाँ कार्यसमितिले पुराना कार्यसमितिका पदाधिकारीहरुसँग पनि समन्वय गरेर अगाडी बढ्दा उपयुक्त हुने बताईन । व्यापारीहरुको छाता संगठन भएकाले आगामी दिनहरुमा पनि संघका निर्वाचित पदाधिकारीहरुले व्यापारीहरुको हक हितका लागी अग्रसर बन्न जरुरी रहेको उनको भनाई छ ।

सपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष कल्याण सिँह बोहराले संघका वर्तमान चुनौतीहरुलाई चिर्दै आफ्नो टिमले व्यापारीहरुको हकहितका लागि कार्य गर्ने बताए । उनले पुराना कार्यसमितिका पदाधिकारी, व्यापारी तथा नयाँ टिमको सल्लाह अनुसार नै आफु अगाडी बढ्ने बताए । उनले संघ बनाउने सन्दर्भमा सबैको सहयोग र सहकार्य आवश्यक रहने बताए ।

संघको यही असार २३ गते सम्पन्न निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको थियो । यसअघि नयाँ निर्वाचित कार्यसमितिले बजारका व्यवसायीहरुलाई मतदानमा सहभागी भएको भन्दै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.