डोटीमा सरकारी गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

डोटी – डोटीको आदर्श गाउँपालिका – २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श गाउँपालिका – १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको हो ।

maya metro hospital

दुर्घटनामा ३ जना सामान्य घाइते भएको घटनास्थलमा खटिएका प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिएका छन । घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ ।

joshi vada pasal 2

सोमबार बेलुकी साढे ६ बजेको समयमा आदर्श गाउँपालिकाबाट सायल गाउँपालिका तर्फ जाँदै गर्दा गाडी अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.