विपद् प्रतिकार्यका लागि तयार रहन मुख्यमन्त्री शाहको निर्देशन

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुन सक्रिय भएका कारण विपद् प्रतिकार्यका लागि सतर्क रहन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

maya metro hospital

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्षातका कारण आउन सक्ने बाढी, पहिरो, डुबान तथा कटान जस्ता विपद्को प्रतिकार्यका लागि चनाखो भएर बस्न निर्देशन दिएका हुन् ।

joshi vada pasal 2

शाहले विपद् प्रतिकार्यका लागि पूर्व तयारी गर्दै भइपरी आउने उद्दार तथा राहतका कामका लागि समेत सतर्क रहन भनेका छन् । बैठकमा प्रदेशका मुख्य सचिव, सचिव, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रदेशस्थित प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.