धनगढीमा वेवारिसे पेस्तोल भेटियो

धनगढी – कैलालीको धनगढीमा वेवारिसे पेस्तोल भेटिएको छ । धनगढी उपमहानगरपालिका–१९ नेपाल भारत सीमानाका आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा पेस्तोल फेला पारेको हो ।

maya metro hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) धिरेन्द्र शाहले सहायक सीमा स्तम्भ नम्बर ७३७/३ नजिकै गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको बताए ।

joshi vada pasal 2

उनका अनुसार बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक(सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कसले र किन राखेको हो ? भन्ने कुरा भने खुलेको छैन । बरामद गरिएको पेस्तोल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.