कञ्चनपुरबाट लुटपाट गर्ने २ जना खुकुरी सहित पक्राउ

अत्तरिया – कञ्चनपुरबाट लुटपाटमा संलग्न २ जना खुकुरी सहित पक्राउ परेका छन । कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक महिलामाथी लुटपाट गरेको आरोपमा कञ्चनपुर भिमदत्त नगरपालिका – १३ पिपरैयाका २१ बर्षीय दिपक चदारा र दोधारा चाँदनी – १ का २२ बर्षीय अर्जुन सुनार पक्राउ परेका हुन ।

maya metro hospital

उनीहरुले असार २४ गते खेतमा धान रोपाइँ गरेर फर्किदै गरेकी कृष्णपुर नगरपालिका – २ की २१ बर्षीय अनारकली चौधरीको मोबाइल लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2

प्रहरीका अनुसार उनी धान रोपाइँ गरेर राती ९ बजे पुर्वपश्चिम राजमार्गमा साइकलमा घरतर्फ आउँदै गरेकी थिइन् । लुटेराले चौधरीलाई खुकुरी देखाएर उनीसंग भएको रेड्मी कम्पनीको मोबाइल लुटेर भागेका थिए ।

सुपप्र ०२००३ प ६५१ नम्बरको मोटरसाइकल सवार उनीहरु भागेर महेन्द्रनगर जाँदै गर्दा अस्थाई प्रहरी बिट भाँसीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले लुटिएको मोबाईल, खुकुरी र मोटरसाइकल बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.