गोदावरी – १० द्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले शैक्षिक सत्र २०७९/०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मानित गरेको छ । मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने वडाका ४ जना विद्यार्थीहरुलाई सम्मानित गरेको हो ।

maya metro hospital

सम्मानित हुनेमा सोही वडाका सुरेश धामी, कमल बोहरा, महेन्द्र साउँद र निर्मल बि.क रहेका छन । उनिहरुले क्रमशः ३.६५, ३.६५, ३.५५ र ३.३० जिपिए प्राप्त गरेका छन ।

joshi vada pasal 2

उनिहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको वडाध्यक्ष रविन्द्र शाही गुड्डुले बताए । उनले विद्यार्थीहरुमा पढ्नुपर्छ भन्ने भावना जागृत गराउन एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मानित गरिएको बताए ।

वडा कार्यालयले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा कम्प्रोमाईज नगर्ने बताउदै उनले आगामी दिनहरुमा अझै पनि त्यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.