कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ

कन्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

citizen security services

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्राम सहित पक्राउ गरेको हो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.