अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीद्धारा व्यापारीहरुलाई धन्यवाद ज्ञापन

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीले व्यापारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंगलबार अत्तरिया बजारका प्रत्येक पसलहरुमा पुगेर टोलीले धन्यवाद ज्ञापन गरेको हो ।

maya metro hospital

संघको निर्वाचनमा सहभागी बनेर नयाँ नेतृत्व चयनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका व्यापारीहरुलाई भेटेर धन्यवाद ज्ञापन गरेको संघका अध्यक्ष कल्याण सिँ बोहराले बताए । उनले व्यापारीहरुको हकहितका लागि संस्थाको स्थापना भएको र नयाँ टिमले व्यापारीहरुका ईच्छा र आवश्यकता अनुसारका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

joshi vada pasal 2

किरानामा चोरी गर्ने चोरलाई कारबाहीको दायरामा ल्याउन माग

यसैबिच टोलीले अत्तरियाको एउटा किराना पसलमा भएको चोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । यही असार १९ गते राती ईलाका प्रहरी कार्यालय मालाखेतीको अगाडीपट्टि रहेको कलापतेश्वर किराना पसलमा भएको चोरीमा लापरबाही भएको भन्दै नयाँ निर्वाचित टिमले जतिसक्दो चाँडो चोर पत्ता लगाएर कारबाही गर्न माग गरेको हो ।

‘प्रहरी कार्यालय अगाडी नै रहेको उक्त पसलमा भएको चोरीको घटनामा प्रहरीले लापरबाही गरेको देखियो’ अत्तरिया उद्योग वाणिज्य संघका नवनिर्वाचित महासचिव शंकर खड्काले भने ‘त्यसैले हामीहरुले प्रहरीलाई उक्त घटनाको छिटो छानविन गर्न माग गरेका हौ ।’ उनले पसलकै सिसिटीभिमा चोरको अनुहार नै देखिएको भएपनि प्रहरीले पक्राउ गर्नमा ढिलाई गरेको बताए ।

संघका कर्मचारीसँग छलफल

नयाँ टोलीले संघका कर्मचारीहरुसँग छलफल गरेको छ । संघमा तत्काल आवश्यक विषयवस्तुहरुको बारेमा जानकारी लिन छलफल गरिएको महासचिव खड्काले बताए । उनले संघमा तत्काल आवश्यक कुराहरुको बारेमा कर्मचारीहरुसँग जानकारी लिईएको र आगामी दिनमा व्यापारीहरुका हकहितका कुराहरुमा अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.