बैतडीमा बस दुर्घटना अपडेट : घाइते एकको मृत्यु

बैतडी – बैतडीदेखि महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

घाईतेहरुमा बस चालक देब भण्डारी ३५ बर्षिय, बिमला दमाई, १८ बर्षिया पुजा साउद शिबनाथ गाउँपालिका–०४, क्रिस भण्डारी दोधराचादनी, पार्वती भण्डारी, २७ बर्षिय केशब राम लुहार पञ्चेश्वर गाउँपालिका–०२, १३ बर्षिया दिपिका भट्ट, २५ बर्षिय मञ्जु पार्कि मेलौली नगरपालिका–०७, २५ बर्षिया कृष्ण साहि पञ्चेश्वर गाउँपालिका ३, २१ बर्षिया मिना चन्द शिबनाथ गाउँपालिका ५, ५५ बर्षिया कमला चन्द मेलौली नगरपालिका–०९ रोकटा, १८ बर्षिया कल्पना चन्द मेलौली नगरपालिका–०९ रोकटा, ३५ बर्षिया बिनोद दमाई मेलौली नगरपालिका–०७, ९ बर्षिया दिया चन्द पञ्चेश्वर गाउँपालिका–०३, ३५ बर्षिया सिता चन्द पञ्चेश्वर गाउँपालिका–०३, १५ बर्षिया रेशमा चन्द पञ्चेश्वर गाउँपालिका–०३, ७ बर्षिया दिपेश चन्द पञ्चेश्वर गाउपालिका–०३, ४५ बर्षिया सुरत बहादुर चन्द पञ्चेश्वर गाउँपालिका–०३, ५२ बर्षिया कालु राम कोली शिबनाथ गाउँपालिका–०४, ५० बर्षिया परु कोली शिबनाथ गाउँपालिका–०४, २६ बर्षिया बिर्पल धनाडी शिबनाथ गाउँपालिका–०५, १३ बर्षिया प्रकाश कार्कि शिबनाथ गाउँपालिका–०५, १८ बर्षिया सगिता चन्द पञ्चेश्वर गाउँपालिका–०३, ४३ बर्षिया सुरत चन्द पञ्चेश्वर गाउँपालिका–०३, ५० बर्षिया उसा दमाई मेलौली नगरपालिका–०७, १७ बर्षिया निसा भट्ट महेन्द्रनगर, ७५ बर्षिया सेतु चन्द पञ्चेश्वर गाउँपालिका, १५ बर्षिया बिपिन भट्ट महेन्द्रनगर, ४० बर्षिया भरत साउद शिबनाथ गाउँपालिका–०१, ३७ बर्षिया खडक चन्द पञ्चेश्वर गाउँपालिका–०३, २० बर्षिया लक्ष्मी चन्द, कृष्ण सुतार शिबनाथ गाउपालिका–०५, २४ बर्षिया शोबधरा धनाडी शिबनाथ गाउँपालिका–०५, ९ महिने आशिष धनाडी शिबनाथ गाउँपालिका–०५, ३५ बर्षिया केशब सिह ठगुन्ना पाटन नगरपालिका ५ निबासि रहेको प्रहरीले जनाएको छ । घाइते भएका ५ जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा ल्याइएको छ । बाँकी घाइतेहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.