अत्तरियाबाट ७ जुवाडे पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट ७ जुवाडे पक्राउ परेका छन । गोदावरी नगरपालिका–२ अत्तरियाको महेन्द्रनगर रोडमा रहेको सिगाँस होटलबाट ७ जना जुवाडे पक्राउ परेका हुन ।

maya metro hospital

प्रहरीले होटल संचालक प्रेम बोहरा सहित सातै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

joshi vada pasal 2

आइतबार पक्राउ परेका उनीहरुको साथबाट नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.