बैतडीमा बस दुर्घटना

बैतडी – बैतडीको मेलौलीमा बस दुर्घटना भएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका – ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

maya metro hospital

लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

joshi vada pasal 2

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन ।

बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेको छ । बसमा कति जना सवारी थिए भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बैतडीमा बस दुर्घटना अपडेट : घाइते एकको मृत्यु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.