ग्रामिण सडक भताभुङ्ग

बैतडी – बर्षात सुरु भएसंगै बैतडीका ग्रामीण सडक हिलाम्मे भएका छन । डोजर प्रयोग गरेर गाउँ गाउँमा सडक पुगेका भएपनि सडकको मर्मत नगरिदा अहिले हिलाम्मे बन्न पुगेका हुन । कतिपय ठाउँका सडक बर्षातले भत्काइदिएपछि अहिले यात्रुलाई झन सास्ती भएको छ । वर्षाले भताभुङ्ग भएका सडकहरुमा जोखीम मोलेर सवारी गुडाइने गरिएको छ ।

maya metro hospital

नाली विनाका सडकहरु निर्माण गरिँदा वर्षातको समयमा सडक नै खोला जस्तै बन्ने गरेका छन् । जसले सवारी साधन चलाउनै मु्स्किल हुने गरेको छ ।

joshi vada pasal 2

सडकहरु भत्किंदा सवारी साधन चिप्लीने लेदोमा फस्ने तथा दुर्घटना हुने समस्या रहेको सवारी चालक विरेन्द्र पोखरेलले बताए । उनले सडकमा खाल्टाखुल्टी हुँदा तथा भत्किएको हुँदा जटील रहेको बताए । सडक हिलाम्य हुँदा गाडीहरु चिप्लीने डर भएको उनको भनाइ छ ।

वर्षातको समयमा आउने पहिरोका कारण अबरुद्ध सडकहरुलाई तुरुन्तै पहिरो पञ्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताएका छन ।

उनले भने, ‘वर्षातका कारण पहिरो आएको छ भने तुरुन्तै सफा गरिन्छ । सडकमा भत्किएका दायाँ–बायाँका संरचना तथा भित्ताहरु मर्मत गरिन्छ । तर आर्थिक अभावका कारण अहिले सडक चौडा गर्न सक्ने अवस्था छैन् ।’’

सडकमा परेका खाल्टा–खुल्टी पुर्ने तथा बिग्रे भत्केका सडकको मर्मत गरिने भएपनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको उनको भनाइ छ ।

साघुँरा सडक जताततै खाल्टा–खुल्टी तथा भत्कीएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखीम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.