ठगी धन्दा गरेको आरोपमा बैतडीका महेश लावड पक्राउ

बैतडी – नेपाली सेनामा जागिर लगाउने भन्दै ठगी गर्ने बैतडीका एक युवक पक्राउ परेका छन । बैतडीको दशरथचन्द नगरपालिका – १० का ३५ वर्षीय महेश राम लावड ठगी आरोपमा शनिबार पक्राउ परेका हुन ।

maya metro hospital

२०६२ सालदेखि २०७३ सालसम्म सेनामा जागीर गरेर भागेका उनी सेनामा जागिर लगाउने भन्दै ठगि गरेको आरोपमा बाँकेको राप्तीसोनारी गाउपालिका – ९ शम्सेरगंजमा डेराबाट पक्राउ परेका छन ।

joshi vada pasal 2

उनले बिभिन्न स्थानमा ठेगाना र नाम बदलेर ठगी गर्दै आएको प्रहरीको भनाई छ ।

उनले हालैमात्र डोटीको पुर्वीचौकी गाँउपालिका–७ बस्ने देव बहादुर बिकका घर परिवारका मानिसलाई नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेकोले त्यसमा जागिर लगाइदिने भन्दै कैलालीको तेघरीमा नक्कली फारम भराएर ४ लाख २० हजार रकम लिएको खुलेको छ । उनले पैसा लिएर ठगेपछि पीडितहरुले निवेदन दिएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बाँकेबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.