लागुऔषध सहित धनगढीबाट २ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – ८ धनगढी गाँउबाट २० वर्षीया पुष्पा राना र १९ वर्षीय रन्जीत राना लागुऔषध सहित पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुको साथबाट ४ ग्राम ५ सय मिलिग्राम लागुऔषध सहित वरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.