यू–१६ विजेता खेलाडीहरुलाई एसपीएको सम्मान, अध्ययन र प्रशिक्षण निःशुल्क गराइने

धनगढी – अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका ३ जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका सुदूरपश्चिमका ३ जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

maya metro hospital

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो । कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान समेत हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् छन् ।

joshi vada pasal 2

यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नु भएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन । अशोक धामी बझाङका हुन् ।

तीनै जनालाई एसपीएले स्नातकोत्तर सम्म निःशुल्क अध्ययन गराउने घोषणा समेत गरेको छ । यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उचो पारेका खेलाडीहरुलाई सम्मान गर्न पाउँदा एकदमै गौरम्वावित महसुस भईरहेको बताए ।

उनले एसपीए कलेजमा ८ जना क्रिकेटका मात्रै अन्तर्राष्ट्रिय खेलाडीहरु अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपीए पर्यायवाची शब्द जस्तै भएको बताए ।

आगामी दिनमा पनि कलेजले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न एसपीएले यस्ता खाले कार्यक्रम गरिरहने क्याम्पस प्रमुख उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.