बजाजका पल्सर NS 200 र NS 160 अपसाइड डाउन बाईक अत्तरिया बजारमा

अत्तरिया – बजाज मोटरसाईकलका पल्सर NS 200 अपसाइड डाउन र NS 160 अपसाइड डाउन मोटरसाईकल बजारमा आएका छन । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा. लि.(गोल्छा ग्रुप) ले नयाँ पल्सर NS 200 NS 160 बजाज मोटरसाईकलको आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले उक्त मोटरसाईकलहरु लञ्च गरेको छ ।

maya metro hospital

रुद्र अटोमोटिभ्सका सञ्चालक गिरीराज भट्टले ग्राहकहरुका रुचि अनुसारका नयाँ मोटरसाईकलहरु बजाजले बजारमा ल्याईरहेको बताए । उनले नयाँ लञ्च भएका एनएस २०० र एनएस १६० सिसि मोटरसाईकल अत्याधुनिक विशेषतासहित बजारमा उपलब्ध रहेका बताए । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ ।

joshi vada pasal 2

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने ‘हाम्रा दुई नयाँ बाइकहरू पल्सर NS 200 र पल्सर NS160 बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ नयाँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरु को राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन भन्ने विश्वास हामीले लिएका छौँ ।’

पल्सर NS 200 USD

नयाँ पल्सर NS 200 USD एक यस्तो दुई–पाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने तपाईंको जोशलाई जगाउन डिजाइन गरिएको हो । यस पल्सर NS 200 मा १९९.५ सीसी कोलिक्विड कूल्ड तथा फ्युलइन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक BSVI इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएस को पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।

पल्सर NS 200USD ले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ, जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ । यसले विशिष्ठ सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिंग प्रदान गर्दछ ।

पल्सर NS 160 USD

पावर–प्याक्ड र रमाईलो बजाज पल्सर NS 160 USD एक गतिशील बाईक हो जुन राईडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्त रुप दिन डिजाइन गरिएको हो ।

पल्सर NS 160 USD मा १६०.३ सीसी कोआयल कूल्ड तथा फ्युलइन्जेक्सन टेक्नोलोजी सहितको BSVI इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर NS 160 USD ले सबैको ध्यानआकर्षित गर्छ । साहसिक पल्सर NS 160 USD को उत्कृष्ट ह्यान्डलिङ र गतिशीलता संग कुनै सीमा रहने छैन ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यि दुबै पल्सर NS 200 USD र पल्सर NS 160 USD मा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ । जसले गर्दा निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तो सुकै सडकमा पनि निर्धक्क भई चलाउन सकिन्छ । यी दुबै बाइकहरुमा राईडर्स सेफ्टी लाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ । जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ ।

यि दुबैमा ३३ एमएम Up Side Down front suspension र क्यानिस्टर सहितको Rear Nitrox Mono shock सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजालिन सक्नेछन ।

यसमा रहेको New Sporty Graphics को स्लीक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ भन्ने पनि देखाउछ ।

अगाडि १००/८०–१७ र पछाडी १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरूले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्दछ । पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः रु. ४२४,९०० र रु. ३८४,९०० मा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.