गोदावरीको खहरे खोलाले बगाउँदा १ बालिकाको मृत्यु

अत्तरिया – कैलालीको गोदावरीमा खहरे खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका – १२ कुभिजालका भिम बहादुर खत्रीकी छोरी ६ बर्षीय गिता खत्रीको खोलाले बगाउँदा मृत्यु भएको हो ।

maya metro hospital

शुक्रबार स्कुलबाट फर्किने क्रममा खहरे खोलामा बगेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । खोलामा बगेर बेपत्ता भएकी बालिकाको खोजी गर्दा बगेको स्थानबाट २ किलोमिटर तल शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।

joshi vada pasal 2

बालिकाको शव पोष्टमार्टम पछि मृतकका आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.