डोटीमा घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

डोटी – डोटीमा घर भत्किदा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ५ गैराकी ३० वर्षिया गंगा मलासीको भत्किएको घर भित्र च्यापिएर मृत्यु भएको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किएको थियो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो ।

joshi vada pasal 2

प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको हो । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.