खप्तडको विकासका विशेष ध्यान दिन आलेको आग्रह

 

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको विकासका लागि सरकारले ठोस पहल चाल्नुपर्ने बताएका छन् ।

maya metro hospital

शुक्रवार पर्यटन बोर्डमा एभरेस्ट ग्यालरीको आयोजनामा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम क्षेत्रमा रहेको खप्तड क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँ विकासको ठूलो कायापलट हुने बताए । उनले भने, ‘सरकारले खप्तड क्षेत्रको विकास गरे समग्र सुदूरपश्चिमको विकास हुनेछ, खप्तडलाई देश विदेशमा चिनाउने गरी विकासका पूर्वाधार निर्माण गर्नु जरुरी छ ।’

joshi vada pasal 2

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका पूर्व मन्त्री आलेले खप्तड क्षेत्रमा पर्यटकीय पूर्वाधारदेखि सडक, विद्युत् लगायतका सेवाको अति आवश्यक भएकाले सरकारले त्यहाँ पर्यटक भित्र्याउनका लागि सडकको पहुँच पुर्‍याउन जरुरी भएको बताए । सुदूरपश्चिममा असंख्य मात्रामा पर्यटकीय क्षेत्रहरू रहेका भए पनि सरकारले ती क्षेत्रको विकास तथा विस्तारका लागि ठोस पहल चाल्न नसकेका कारण ती क्षेत्रहरू ओझेलमा पर्दै गएका उनको आरोप थियो ।

आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा सुदूपश्चिमका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि थुप्रै कामहरू गरेको र बजेट पनि विनियोजन गरेको भए पनि आफू मन्त्रीबाट हटेपछि अहिले ती विकासका कामहरूलाई पछिल्लो सरकारले निरन्तरता नदिएको पूर्व मन्त्री आलेको आरोप छ ।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्र्याउनुका लागि त्यहाँ रहेका पर्यटकीय क्षेत्रको विकासका साथै त्यहाँका विमानस्थलमा अनिर्वाय रूपमा जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

पूर्व मन्त्री आलेले आन्तरिकतर्फको काठमाडौंपछिको दोस्रो ठूलो विमानस्थल धनगढीको स्तरोन्नति मात्रै गर्न सके सुदूरपश्चिमका खप्तड, बडिमालिका, शैलेश्वरी, बडिकेदार लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा हजारौं पर्यटकहरू भित्र्याउन सकिने र त्यहाँको विकासमा सहज हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.