धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
कामदारहरुले नाली खन्ने क्रममा विस्फोटक पदार्थ (बम) देखे पछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेको थिए ।
खबर लगत्तै बढैपुरबाट आएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र वीर विश्वकर्मा जानकारी दिए । प्लास्टिक ग्रेनेड बम द्वन्द्व कालको समयमा लुकाइए छिपाई राखिएको हुन सक्ने आशङ्का गरीएको छ ।