अत्तरियामा न्यू बडीमालिका सुनचाँदी पसलको शाखा सञ्चालनमा

अत्तरिया – कैलालीको अत्तरियामा न्यू बडिमालिका सुनचाँदी पसल सञ्चालनमा आएको छ । व्यवसायी सुनिल कुमार लामिछानेले विगतदेखी नै सञ्चालनमा रहेको उक्त पसलको शाखा सञ्चालनमा ल्याएका हुन ।

maya metro hospital

joshi vada pasal 2

नयाँ व्यवस्थापनका साथ अत्तरिया चौराहामा रहेको आफ्नै घरमा शाखा सञ्चालनमा ल्याएको लामिछानेले बताए । उनले गुणस्तरिय सेवा प्रदान गर्न ग्राहकहरुको मागलाई ध्यानमा राखी पसल सञ्चालनमा ल्याएको बताए ।

उनले उक्त पसलमा ग्राहकको चाहना अनुसार २४ क्यारेट सुनका गहनाहरु ग्यारेन्टीका साथ बनाईनुका साथै बिक्रि वितरण गरिने समेत बताए । पसलमा अर्डर अनुसारका गहनाहरु निर्माण गरिनुका साथै रेडिमेट गहनाहरु समेत उपलब्ध रहेको उनले बताए ।

उनले उद्घाटनका अवसरमा पसलमा ज्यालामा केही छुटको व्यवस्था गरिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.