बाजुरामा ‘हाकिम’ र इन्जिनियरमाथि हातपात गर्ने वडाध्यक्षका छोरा पक्राउ

बाजुरा – बाजुराको बुढिगंगा नगरपालिका ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलीप केसी पक्राउ परेका छन्। कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको हो।

maya metro hospital

बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए। एकपटक दुवै पक्षबिच छलफल गर्ने उनले बताए।

joshi vada pasal 2

योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै उनले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.