गोदावरीमा एमबीबीएस छात्रवृतिको ३ लाख रकम फ्रिज

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एमबीबीएस छात्रवृतिको रकम फ्रिज भएको छ । नगरपालिकाले चालु आर्थीक बर्षमा १ जना एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृती दिन दरखास्त आह्वान गरेको भएपनि मापदण्ड पुगेका कसैको पनि आवेदन नपरेपछि बजेट फ्रिज गएको हो ।

maya metro hospital

नगरपालिकाले असार ३ गते छात्रवृतिका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने म्याद असार २० गते सम्म राखिएको थियो । अब चालु आर्थीक बर्षका लागि दोस्रो पटक सूचना निकाल्ने समय पनि नभएकाले छात्रवृतिको रकम फ्रिज गएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताएका छन ।

joshi vada pasal 2

उनले १ जनाले छात्रवृतिका लागि आवेदन दिएको भएपनि मापदण्ड नपुगेकाले छात्रवृति दिन नसकिएको बताए । नगरपालिकाले चालु आर्थीक बर्षमा १ जनालाई छात्रवितृ दिनको लागि ३ लाख रकम छुट्याएको थियो ।

छात्रवृति पाउनको लागि नगरपालिकाले गोदावरी नगरपालिका भित्रकै सामुदायिक विद्यालयबाट अध्ययन गरीMedical Education Commission बाट संचालन भएको Medical Education Common Entrance Examination 2023 मा छनोट भइ हाल एमबीबीएस अध्ययनरत हुनुपर्ने मापदण्ड तोकेको थियो ।

छात्रवृतिका लागि गोदावरीको स्थानीय बासिन्दा अपाङ्गता भएको, महिला र आदिवासी जनजाति दलितलाई प्राथमिकता दिने उल्लेख गरिएको थियो ।

शिक्षा शाखा प्रमुख जोशीले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई आगामी आर्थीक बर्षमा पनि छात्रवृति दिने कार्यक्रम रहेको बताए ।

नगरपालकाले आगामी आर्थीक बर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरी एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एकमुष्ट एकलाख पचास हजार प्रदान गरिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.