स्वर्णपदक विजेता आनन्दलाई चौकीडाँडा सामुदायिक बनद्धारा आर्थिक सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ ओलानीका कराँते खेलाडी आनन्द कामीलाई आर्थिक सहयोग गरिएको छ ।
मलेसियामा हुने १९औ एसियाली कराते प्रतियोगीतामा भाग लिनका लागि आर्थिक अभाव भएपछि नगरपालिकाको वडा नं. ३ मा रहेको चौकीडाँडा सामुदायीक बनले उनलाई आर्थिक सहयोग गरेको हो ।

maya metro hospital

प्रतियोगीतामा भाग लिनका लागि मलेसिया जानुपर्ने र आर्थिक अभावका कारण उनलाई जान सकिने अवस्था नरहेकाले आर्थिक सहयोग गरिएको सामुदायिक वनका सहसचिव आसिष भट्टराईले जानकारी दिए । उनले सामुदायिक वनका तर्फबाट कामीलाई नगद रु. १५ हजार सहयोग गरिएको बताए ।

joshi vada pasal 2

कामीले प्रतियोगीतामा सहभागीता जनाउन आफुलाई आर्थिक अभाव भएको र आर्थिक सहयोग गरिदिन भन्दै वनलाई अनुरोध गरेको भट्टराईले बताए । प्रतियोगीतामा भाग लिन आर्थिक अभावकै कारण कठिनाई हुन थालेपछि सामुदायिक वनका तर्फबाट सक्दो सहयोग गरिएको उनले बताए ।

कामीले २०७९ कार्तिक ३ गते पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा करातेँ तर्फ ५० केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए । कराँतेमा कैलालीबाट स्वर्ण जित्ने आनन्द पहिलो खेलाडी समेत हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.