गोदावरीकी अश्मी मृत्यु प्रकरणमा लक्ष्मी पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ की अश्मी बोहरा मृत्यु प्रकरणमा उनकी साथी लक्ष्मी खड्का पक्राउ परेकी छिन । इलाका प्रहरी कार्यालय मालाखेतीले लक्ष्मीलाई बुधबार नेपालगंजबाट पक्राउ गरेको हो ।

maya metro hospital

उनलाई अनुसन्धालनका लागि अत्तरिया झिकाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।

joshi vada pasal 2

जेठ ९ गते अश्मी आफ्नै घरमा मृत फेला परेकी थिइन । नेपालगंगमा अध्ययनरत अश्मीको नेपालगंजमै बलात्कार भएपछि आत्महत्या गर्न पुगेकी भन्द उनका आफन्तले लक्ष्मी र मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाही विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दिएका थिए । सोही घटनामा अनुसन्धान गर्न प्रहरीले डिलेन्दलाई यसअघि नै पक्राउ गरिसकेको भएपनि लक्ष्मीलाई हिजो मात्रै पक्राउ गरेर अत्तरिया ल्याएको हो ।

अश्मी ६ महिनादेखि अलाईट टेक्निकल कलेज नेपालगंजमा नेत्र विज्ञान विषयमा अध्ययनरत थिइन । उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको आफन्तको दाबी छ।

सम्बन्धित समाचार : यसरी लाग्यो अश्मीको सपनामा पूर्णविराम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.