धनगढी – जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा कैलालीमा आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले उचालेका छन् ।
बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्रतर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका निपूर्ण चन्द र छात्रातर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन् ।
त्यस्तै परुषतर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए ।
त्यस्तै चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए भने पाँचौं र छैटौं त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी सिद्धनाथ माबिका अस्मित कुमार मारकण्डाले प्राप्त गरे ।
त्यस्तै छात्रातर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरकी लक्ष्मी भट्ट र सरस्वती मावि कैलालीकी जानकी कडायत तृतीय भइन् ।
चौथो पञ्चोदय मावि धनगढी कैलालीकी मनीषा खड्का, पाँचौं शारदा माविकी सवनम खातुन र छैटौं पञ्चोयद मावि धनगढी कैलालीकी सपना चौधरी भइन् ।
प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैले प्रथमलाई १०/१० हजार, द्वितीयलाई ७/७ हजार, तृतीयलाई ५/५ हजार , चौथो पाँचौं र छैटौंले क्रमशः ३ हजारदेखि १ हजारसम्म पाएका थिए ।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित रोड रेसको एमाले केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले रिबन काटेर उद्घाटन गरेका थिए ।
रोड रेस प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, दार्चुला र बैतडी गरि ६३१ जनाको सहभागिता रहेको खेलकुद महासंघका प्रदेश अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।