अत्तरिया – कैलालीबाट भन्सार छलिको एसी सहित २ लाख बढीको सामान बरामद गरिएको छ । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका – ३ चटकपुरबाट एसी संगै अन्य बिभिन्न ठाउँबाट २ लाख २७ हजार ६५० रुपैयाँ बराबरको भन्सार छलिको सामान बरामद गरेको हो ।

शनिबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले भारतबाट भन्सार छलि गरी ल्याएको ५७ हजार ६ सय मुल्य बराबरको एसी बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीको गस्ती टोलिले धनगढी उप–महानगरपालिका – २ ट्राफिक चौराह नजिकै भारतबाट भन्सार छलि गरी ल्याएको ९ हजार बराबरको सामान र भजनी नगरपालिका – ५ स्थित हलुङ्गाघाट नजिकैको जंगलमा से ४ प १४१२ मोटरसाइकल र सामान सहितको १ लाख ६१ हजार ५० बराबरको भन्सार छलिको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।