धनगढी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीले मीटर ब्याजका नाईके रहेको भन्दै धनगढीका मुनिर खानको घर कब्जा गरेको छ । शनिबार धनगढी उप–महानगरपालीका – १ पशुपती टोलमा रहेको शेख मुनिर खान अहमेदको घर जग्गा कब्जा नेकपाले कब्जा गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी कैलालीका जिल्ला ईन्चार्ज प्रकाश मल्लले लामो समय देखि कैलालीका सर्बसाधारणलाई मीटर ब्याजमा फसाउदै घर न घाटको अवस्थामा पु¥याएका कयांै मीटर ब्याज पीडितहरुको उजुरीको आधारमा खानको घर जग्गा कब्जामा लिएको बताए । शनिबार नेकपाले नारा जुलुश सहित ब्यानर र कालो झण्डा गाडेर खानको घर जग्गा कब्जा गरेको उनले बताए ।

ईन्चार्ज मल्लले लामो समय देखि खानलाई सुध्रिने मौका दिदा पनि नसुध्रिएकाले घर जग्गा कब्जा गरिएको बताउदै अझै नसुध्रिएर थप कारबाही गर्न बाध्य हुने बताएका छन । नेपाल कम्युनिष्ट पार्टीले मीटर ब्याज पीडित जनताको आग्रहमा र पार्टीको न्याय विभागमा आएको उजुरीको आधारमा खानको घर कब्जामा लिएको ईन्चार्ज मल्लले जानकारी गराए ।
उनले कब्जा गरिएको उक्त सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहने जानकारी गराए ।
शनिबार पार्क मेडबाट सुरु भएको जुलुशमा मीटर ब्याजीलाई कारबाही गरौं, मुनीर खानलाई फासी दिऔं, लघुवित्त र वित्तीय संस्थाहरुको ज्यादती बन्द गरौं, वैज्ञानीक समाजबादी व्यावस्थाका लागि संघर्ष गरौं, एकीकृत जनक्रान्ती जीन्दाबाद जस्ता नाराहरु लगाइएका थिए ।