कैलालीमा जिपको ठक्करबाट युवकको मृत्यु

धनगढी – कैलालीमा जिपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका– ४ खैरेनामा प्रदेश ३–०१–०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन् । छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

joshi vada pasal 2

खड्का सवार मोटरसाइकललाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका– १ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.