कञ्चनपुर – कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालीका– १० भुडा लठ्ठाघाट स्थित नेपाल भारत सिमाना नजिकै शुक्रबार साँझ भन्सार छलीका सामग्रीहरु प्रहरीले बरामद गरेको हो ।

सडक किनारामा भारतबाट भन्सार छली ल्याएका टमाटर, बोडी हरियो, खुर्सानी, काक्रा, सिम्ला मिर्च, भिण्डी लगायतका अनुमानित १५ हजार मुल्य बराबरको तरकारी वेवारिसे अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बेल्डाडीले जनाएको छ ।

यस्तै, शुक्रबार राती बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैध रुपमा भंन्सार छलि ल्याएका अन्दाजि ९० हजार आठ सय मुल्य बराबरका सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
भन्सार छलीका कुरकुरे, चिसो पेय पदार्थ, फ्रुटी, मैदा, लिचि, जुस लगायतका सामानसहित से.७ प. ७१५ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारि जफत गरेको प्रहरीले जनाएको छ ।