बैतडीको मालिका मा.वि.को प्रधानाध्यापकमा हरिचन्द्र भट्ट

बैतडी – बैतडीको मालिका माध्यमिक विद्यालयको प्रधानाध्यापकमा हरिचन्द्र भट्ट सर्वसम्मत रुपमा चयन भएका छन । जिल्लाको पुर्चौडी नगरपालिका वडा. नं. ४ मा अवस्थित उक्त विद्यालयको प्रधानाध्यापकमा भट्टलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरिएको हो ।

maya metro hospital

केही दिन अगाडी मात्रै उक्त विद्यालयका प्रधानाध्यापक कृष्णानन्द भट्ट अनिवार्य अवकाश (निवृत्त भरण) मा गएपछि सोही विद्यालयमा नि.मा.वि. राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक भट्टलाई प्रधानाध्यापकमा नियुक्त गरिएको छ ।

joshi vada pasal 2

वि.सं २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले यस अघि ६ जना प्रधानाध्यापक पाई सकेको छ भने हरिचन्द्र भट्टले सातौँ प्रधानाध्यापकको रूपमा जिम्मेवारी ग्रहण गरेका छन । मालिका मा.वि व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भट्टको अध्यक्षतामा बसेको बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.