बैतडीमा विद्यार्थी बेहोश हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी – दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।

maya metro hospital

गएको दुई हप्तादेखि विद्यार्थी बेहोश हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए । विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ । ‘विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या छ’, उनले भने, ‘विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।’

joshi vada pasal 2

पाँच वर्ष पहिला पनि सो विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । बिहानको समयमा लाइन लागेका बेला र कक्षा कोठामा छात्रा बेहोस भएर ढल्ने गरेका छन् । समस्याबारे सिगास गाउँपालिकालाई जानकारी गराइएको प्रधानाध्यापक चन्दले बताए ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुनेलगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताए । ‘सुरुमा कुनै एक विद्यार्थीमा मास हिस्टेरिया भएको र त्यसपछि अरुमा पनि देखिएको हुनसक्छ’, उनले भने, ‘शुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्नसके समस्या समाधान हुन्छ ।’

विद्यार्थीमा यस्तो समस्या देखिए केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपेश श्रेष्ठले सुझाव दिए । ‘सुरुमा एक विद्यार्थीमा यस्तो समस्या देखिने र विस्तारै अरुमा पनि लक्षण देखिन थाल्छ’, उनले भने, ‘विद्यालय बन्द गरेर नियन्त्रण गर्न सकिन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.