डडेल्धुरामा एक स्थानियको गोठमा आगलागी हुँदा २ पशुको मृत्यु

डडेल्धुरा – डडेल्धुराका एक स्थानियको गोठमा आगलागी भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिहं भाटको १ तले गोठमा आगलागी भएको हो ।

maya metro hospital

गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी हुँदा गोठमा रहेका १ वटा गोरु, १ वटा गाई जलेर मृत्यु भएको र १ वटा गोरु, १ वटा गाई घाईते भएको प्रहरीले बताएको छ ।

joshi vada pasal 2

प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा आईसकेको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.