अत्तरिया उद्योग वाणिज्य संघको साधारण सभा १० गते हुने


अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको साधारण सभा यही असार १० गते हुने भएको छ । यसअघि जेठ २४ गते हुने भनिएको साधारण सभा संघका पदाधिकारीहरुको आन्तरिक विवादका कारण रोकिएको थियो ।

maya metro hospital

संघका वस्तुगत उपाध्यक्ष कमल कडायत नेतृत्वको संघका केही पदाधिकारी तथा व्यवसायीहरुको टिमले सदस्यता वितरणमा मनोमानी भएको भन्दै संघको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीमा कडायतलाई नेकपा एमाले निकट व्यवसायीहरुले समेत सर्मथन गरेका थिए ।

joshi vada pasal 2

तर सदस्यता विवाद समाधान भएसँगै संघको चुनावी साधारण सभा यही असार १० गते गर्ने निर्णय भएको संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.