महेन्द्रनगर बजारका सार्वजनिक शौचालय प्रयोगविहीन

महेन्द्रनगर – कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेका हुन् ।

maya metro hospital

बजार क्षेत्रमा रहेका पाँच शौचालयमध्ये एउटा शौचालय मात्रै प्रयोग गरिएको अवस्थामा छ । अन्य प्रयोगविहीन छन् । बजारमा सार्वजनिक शौचालय सर्वसुलभ नहुँदा किनमेल तथा अन्य कामले बजार क्षेत्र आउजाउ गर्ने सर्वसाधारणलाई समस्या भएको छ । सार्वजनिक शौचालय प्रयोगमा ल्याउनेबारे नगरपालिकाले ध्यान दिन सकेको छैन ।

joshi vada pasal 2

शौचालय व्यवस्थापनको जिम्मेवारी भीमदत्त नगरपालिकाको भए पनि यसतर्फ ध्यान नपुगेको स्थानीय एकेन्द्र भट्टले बताए । ‘किनमेल गर्न आउनेहरु शौचालय खोज्दै हिँडेको पाइयो, अन्यको अवस्था पनि उस्तै छ’ उनले भने ।

सरसफाइ अभियन्ता एवम् ‘हेल्प नेपाल’का अध्यक्ष मदन चन्दले बजारमा सार्वजनिक शौचालय हुँदा हुँदै पनि नगरपालिकाले व्यवस्थितरुपमा सञ्चालन गर्न नसकेको बताए । ‘बजारका केही सार्वजनिक शौचालय व्यक्तिले कब्जा गरेका छन्, केही बन्द छन’ उनले भने, ‘यी शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले पहल गर्नुपर्छ ।’

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कर्मचारी व्यवस्थापन गर्न नसक्दा शौचालय बन्द भएको बताए । ‘हामीले पटकपटक ठेक्कामा लगाउन पहल ग¥यौँ, सफल भएनौँ । नगरपालिका आफैँले कर्मचारी व्यवस्थापन गरेर पनि सञ्चालन गर्न सकिएन’ उनले भने ।

पालिकाले व्यवस्थापन गर्न नसक्दा बजारका केही शौचालय व्यवसायीले नै सञ्चालन गरेको धामीले बताए । बजार क्षेत्रमा शौचालय नहुँदा खुलारुपमा दिसापिसाब गर्नेको संख्या अत्यधिक छ । यसबाट बजार क्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.