गोदावरी– १ मा रहेको गुहेश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा साउँद निर्वाचित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको गुहेश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा गणेश बहादुर साउँद निर्वाचित भएका छन । बिहिबार भएको गोप्य मतदानबाट प्रतिष्पर्धि खडक दमाईलाई पराजित गर्दै साउँद निर्वाचित भएका हुन ।

maya metro hospital

आम भेलाबाट आएका ४ जना, नगरपालिकाबाट पठाईएका २ जना र एक जना वडाध्यक्ष गरी ७ जना मध्ये १ जनालाई विद्यालयको अध्यक्ष बनाउने विषयमा सहमती जुट्न नसक्दा निर्वाचन गर्नुपरेको वडासदस्य गम्भिर साउँदले जानकारी दिए ।

joshi vada pasal 2

उनका अनुसार निर्वाचनमा ७ जनाले नै मतदान गरेका थिए भने निर्वाचित उम्मेदवारले ४ तथा पराजित उम्मेदवारले ३ मत पाएका थिए । लगातार सहमतीका लागि प्रयास थालिदा समेत सहमती जुट्न नसक्दा निर्वाचन प्रकृया मार्फत विद्यालयका अध्यक्षको टुंगो लगाईएको वडासदस्य साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.